भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

रोमानियामा रुसी ड्रोन प्रवेश, दोस्रो नेटो राष्ट्र प्रभावित

रोमानियामा रुसी ड्रोन प्रवेश, दोस्रो नेटो राष्ट्र प्रभावित

बुकारेस्ट, ३० भाद्र । रोमानियाले आफ्नो हवाई क्षेत्रमा रुसी ड्रोन प्रवेश गरेको दाबी गरेको छ। यसरी रुसी ड्रोन प्रवेश गरेको रिपोर्ट गर्ने यो दोस्रो नेटो सदस्य राष्ट्र हो।

रोमानियाको रक्षा मन्त्रालयका अनुसार शनिबार युक्रेनमा भइरहेको रुसी हवाई आक्रमणको अनुगमन गरिरहेका दुई एफ-१६ लडाकु विमानले युक्रेनको दक्षिणी सिमाना नजिक उक्त ड्रोनलाई ट्र्याक गरेका थिए।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस घटनालाई ‘गल्ती हुन नसक्ने’ भन्दै रुसले जानाजानी युद्ध विस्तार गरेको आरोप लगाए। तर, मस्कोले यसबारे कुनै टिप्पणी गरेको छैन।

यसअघि, बुधबार पोल्यान्डले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका कम्तीमा तीनवटा रुसी ड्रोन खसालेको जनाएको थियो। पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफ्ना साथै सहयोगी राष्ट्रहरूको हवाई सुरक्षा प्रणालीलाई उच्च सतर्कतामा राखिएको बताएका थिए।

रोमानियाली रक्षा मन्त्रालयका अनुसार ड्रोन चिलिया भेचे गाउँभन्दा २० किलोमिटर दक्षिण-पश्चिममा देखिएपछि राडारबाट हराएको थियो। मन्त्रालयले उक्त ड्रोनले जनघनत्व भएको क्षेत्रमा उडान नगरेको र तत्काल कुनै खतरा नभएको स्पष्ट पारेको छ।

युरोपेली संघका विदेश नीति प्रमुख काजा कालासले यो घटनालाई “ईयू सदस्य राष्ट्रको सार्वभौमिकताको अस्वीकार्य उल्लङ्घन” भन्दै कडा निन्दा गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.