भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वर्षा र हावाहुरीको सम्भावना

वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा हावाहुरी चल्ने सम्भावना रहेको छ । कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेस प्रदेशको तराई भागका केही स्थानहरूमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

 


Thali Mobile Pvt.Ltd.