भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

भिमफेदी कारागारबाट २६० कैदी भागे, मध्यरातमा सेनाको हवाई फायर

भिमफेदी कारागारबाट २६० कैदी भागे, मध्यरातमा सेनाको हवाई फायर

मुख्य बुँदा 

भिमफेदी कारागारबाट २६० कैदीबन्दी भाग्ने प्रयास

सेनाले २०० राउन्डभन्दा बढी हवाई फायर र अश्रुग्यास प्रहार

एक कैदीको खुट्टामा गोली लागी अस्पताल पठाइयो

बिहान २:३० बजेसम्ममा कैदीलाई पुनः नियन्त्रणमा लिइयो

कार्यालय भवनमा आगजनी, अभिलेख र सामग्री नष्ट

हेटौँडा, २५ भाद्र । मकवानपुरको भिमफेदी कारागारबाट गएराति २६० कैदीबन्दी भागेका छन्। मध्यरातमा पर्खाल तोड्दै भाग्न खोजेपछि कारागारमा ठूलो तनाव सिर्जना भएको थियो।

जेलर सुवास पौडेलका अनुसार, घटना गएराति करिब १२:२५ बजे ‘क’ ब्लकमा भएका कैदीबन्दीहरूले सिलाइकटाइ मेसिन रहेको कोठाको गेटको बार ह्याक्सो ब्लेडले काटेर सुरु भएको हो। घटनाबारे थाहा पाएलगत्तै नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।

स्थितिलाई नियन्त्रणमा लिन सेनाले २०० राउन्डभन्दा बढी हवाई फायर र ७ राउन्ड अश्रुग्यास प्रयोग गरेको थियो। सो क्रममा कैदी जंगबहादुर नारायणजंगको खुट्टामा गोली लाग्दा उनलाई बिहान ४ बजे उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ।

भाग्न प्रयास गरेका कैदीलाई बिहान २:३० बजेसम्म सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर सम्बन्धित ब्लकमा फिर्ता पठाइएको जेल प्रशासनले जनाएको छ।

झडपका क्रममा कैदीहरूले प्रशासनको कार्यालय भवन र आवासमा आगजनी तथा तोडफोड गरेका छन्। आगजनीबाट महत्त्वपूर्ण अभिलेख, कम्प्युटर, फर्निचरलगायत सामग्री जलेर नष्ट भएका छन्। साथै, प्रशासनको बा १ झ ३६३४ नम्बरको जिपमा समेत तोडफोड भएको छ।

 


Thali Mobile Pvt.Ltd.