भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो

रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो

काठमाडौं, १७ जेठ । ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दामा फरार रहेकी टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) लाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले का अनुसार इन्टरपोलमार्फत रेड नोटिस जारी भएपछि थाइल्यान्डमा पक्राउ परेकी अधिकारीलाई नेपाल ल्याएर हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रहरीका अनुसार ‘हनी ट्र्याप’ अर्थात् आपराधिक लाभ र ठगीसम्बन्धी घटनामा परिवर्तित नाम शंकर चिमोरियाले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

सोही घटनासँग सम्बन्धित ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण कसुरमा अधिकारीविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ।प्रहरीले अदालतमा विचाराधीन रहेको मुद्दाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.