भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

तीनकुने घटनामा ११३ गिरफ्तार, राप्रपाको २४ घण्टे अल्टिमेटम

तीनकुने घटनामा ११३ गिरफ्तार, राप्रपाको २४ घण्टे अल्टिमेटम

काठमाडौं, १६ चैत । शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनले ठूलो क्षति भएकाे छ। प्रदर्शनमा भाग लिएका प्रमुख व्यक्तिहरू र त्यसपछि भएका घटनाक्रमले सामाजिक र राजनीतिक कोणबाट विभिन्न प्रतिक्रियाहरू ल्याएका छन्।

दुर्गा प्रसाईं फरार
तीनकुनेमा भएको प्रदर्शनका कमान्डरमध्येका एक, दुर्गा प्रसाईं फरार छन्। नेपाल प्रहरीले उनकाे खाेजी कार्य तीव्र पारकाे छ । उनले “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान”का नाममा प्रदर्शनको नेतृत्व गर्दै पूर्वराजा फर्काउने उद्घोष गरेका थिए। प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो। गृह मन्त्रालयका सहसचिव छवि रिजालले भने, “प्रसाईं आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाएपछि प्रदर्शन हिंसात्मक बन्यो।” प्रहरी अधिकारीहरूले दुर्गा प्रसाईंलाई पक्राउ गर्न खोजिरहेका छन्।

राप्रपाको विरोध
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई गिरफ्तार गरिएका विषयमा विरोध जनाउँदै २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने, “यदि २४ घण्टाभित्र उनीहरूलाई रिहा नगरेको खण्डमा, हामी विरोधका कार्यक्रम र आन्दोलन गर्नेछौं।” राप्रपाले यस घटनालाई सरकारको दमनकारी कदमको रूपमा लिएकाे बताएका छन्।

#ArrestGyanendra अभियान
राजावादी समूहले प्रदर्शनको क्रममा हिंसा र तोडफोड गरेपछि सामाजिक सञ्जालमा #ArrestGyanendra अभियान चलेकाे छ । सामाजिक सञ्चालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न सरकारसँग माग गरिएकाे छ । 

प्रहरीको नियन्त्रण र रिहाई
प्रहरीले तीनकुनेमा भएको हिंसात्मक घटनामा ११३ जनालाई नियन्त्रणमा लिएको छ। राप्रपा नेता रवीन्द्र मिश्र र धवलशमशेर राणा पनि पक्राउ परेका छन्। प्रहरीले घटनामा संलग्न प्रदर्शनकारीहरूको खोजी तीव्र बनाएको छ। प्रहरी प्रमुख छवि रिजालका अनुसार, “प्रदर्शनमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याइनेछ।”

काँगेसको प्रतिक्रिया
सत्तारुढ दल नेपाली कांग्रेसले तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले पूर्वराजालाई प्रमुख जिम्मेवार मान्दै भने, “तीनकुने घटनामा भएको हिंसा र अराजकता सबैको प्रमुख जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाह  हो।” काँगेसले भनेकाे छ कि, पूर्वराजा शाहको नेतृत्वमा भइरहेका आन्दोलनहरूले देशको शान्ति र स्थिरतालाई धक्का पुर्‍याइरहेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.