भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र

२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र

मुख्य बुँदा

२४ घण्टामा १ हजार ९९४ सवारी चालक कारबाहीमा।

ट्राफिक नियम उल्लंघनबाट ५ लाख ४१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन।

मादकपदार्थ सेवन, तीव्र गति र सिग्नल उल्लंघन प्रमुख कारण।

लेन अनुशासन, पार्किङ र हर्न उल्लंघनमा समेत कारबाही।

अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सयौं चालक नियन्त्रणमा।

काठमाडौं, १७ जेठ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय ९४ जना सवारी चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सो कारबाहीबाट राज्यकोषमा ५ लाख ४१ हजार ५ सय २ रुपैयाँ राजस्व संकलन भएको छ।

कारबाहीमा परेकामध्ये मादकपदार्थ सेवन गरी सवारी चलाउने १ सय २७ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १ सय ४२ जना, ट्राफिक सिग्नल उल्लंघन गर्ने १ सय ४९ जना तथा तीव्र गतिमा सवारी चलाउने १ सय ३ जना रहेका छन्।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने १ सय ५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ३० जना, सडक पेटीमा पार्किङ गर्ने १ सय २८ जना र एकतर्फी सडकमा सवारी चलाउने ९५ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ९ सय ६२ जना चालकलाई समेत नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियम पालना अनिवार्य रहेको भन्दै सबै सवारी चालकलाई सचेत रहन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.