भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

गुठी संस्थानको निर्णयले मोही किसानको अधिकार खोस्न खोजे आरोप

गुठी संस्थानको निर्णयले मोही किसानको अधिकार खोस्न खोजे आरोप

मुख्य बुँदा

गुठी सञ्चालक समितिको निर्णय किसानविरोधी भएको आरोप।

आवास योजनामा परेको गुठी जग्गामा मोही किसानको हक सुरक्षित गर्न माग।

भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले आन्दोलनको आवश्यकता औँल्याए।

गुठी संस्थानको पत्राचार नियमविपरीत भएको दाबी।

किसान अधिकार र पुर्जा फिर्ताका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता।

भक्तपुर, १८ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिको आयोजनामा गुठी सञ्चालक समितिको निर्णय र गुठी संस्थानको पत्राचारले मोही किसानको अधिकारमाथि आघात पुगेको विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विगतमा किसान आन्दोलन र संघर्षकै बलमा मोही किसानहरूले जग्गामा आधा स्वामित्वको अधिकार प्राप्त गरेको स्मरण गराउँदै उक्त अधिकार जोगाउन पुनः संगठित संघर्ष आवश्यक रहेको बताउनुभयो।

उहाँले आवास योजना कार्यान्वयन गर्दा निश्चित प्रतिशत जग्गा कटान हुनु स्वाभाविक भए पनि गुठी जग्गामा मोही किसानको हक बेदखल हुने गरी गुठी संस्थानले गरेको निर्णय र पत्राचार नियमविपरीत तथा किसानविरोधी भएको बताउनुभयो।

प्रजापतिले देको मिवा इटापाके आवास योजनामा परेका गुठी जग्गाका मोही किसानलाई पुर्जा फिर्ता नदिएको विषयमा पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको उल्लेख गर्दै किसानको हक सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले यस अभियानमा भक्तपुर नगरपालिकाको साथ र सहयोग रहने पनि बताउनुभयो।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य गीता काफ्ले ले प्रदेश सरकारले किसानका समस्या समाधानमा पर्याप्त चासो नदिएको आरोप लगाउँदै गुठी जग्गाका मोही किसानको हक संरक्षणका विषयमा प्रदेशसभामा उठाइएका आवाजको सुनुवाइ नभएको बताउनुभयो।

भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले देको मिवा इटापाके आवास योजना नगरवासीको व्यवस्थित बसोबासका लागि सञ्चालन गरिएको जानकारी दिनुभयो।

त्यस्तै, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव तथा भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले गुठी जग्गाका मोही किसानको अधिकार सुरक्षित गर्न थप सशक्त आन्दोलन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा विभिन्न मोही किसान तथा सरोकारवालाले गुठी जग्गामा किसानको हक सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.