भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बचतकर्ताको साढे ३५ अर्ब रुपैयाँ सहकारीमा फस्यो

बचतकर्ताको साढे ३५ अर्ब रुपैयाँ सहकारीमा फस्यो

काठमाडौं । ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार रुपैयाँ सहकारीमा फसेको छ । सबै सहकारी संस्थाका बचत माग दाबी गरिएको निवेदन अनुसार ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार फसेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

हालसम्म समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाको दायित्व यकिन गरिएको मन्त्रालयले जनाएको छ।
समस्याग्रस्त सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने स्थिति सिर्जना गर्नका लागि तीनवटै तहका सरकार र मातहतका निकायले समन्वयात्मक रूपमा काम गरिरहेको र त्यसलाई थप प्रभावकारी बनाउँदै लैजाने गरी मन्त्रालयले योजना जनाइएको छ ।

सहकारीका समस्या तत्काल सम्बोधन गर्न उच्चस्तरीय आयोग गठन गर्ने कार्यको प्रारम्भ भएको पनि मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.