भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा मिलेमतो: डेढ करोड बराबरको राजस्व छली प्रयास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा मिलेमतो: डेढ करोड बराबरको राजस्व छली प्रयास

काठमाडौं, २६ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा मिलेमतोका आधारमा करिब डेढ करोड रुपैयाँ बराबरको राजस्व छली गरी सामान छुटाउने प्रयास भएको खुलासा भएको छ । Level Up Enterprises नामक कम्पनीले चीनबाट आयात गरेको ७४ बोरा रेडिमेड चस्मा, कपडा लगायतका सामग्री भन्सारको सिनामंगलस्थित यार्डमा झन्डै ७० दिनदेखि रोकिएको थियो। तर, प्राप्त जानकारीअनुसार भन्सार एजेन्ट र केही कर्मचारीबीचको मिलेमतोमा भौतिक परीक्षण नगरी उक्त सामान छाड्ने तयारी भइरहेको हाे ।

अन्तराष्ट्रिय  बिमानस्थल भन्सार कार्यालय

प्रज्ञापन फारम नं. १६९५३ मा गार्मेन्ट, ब्रान्डेड चस्मा तथा फ्रेम उल्लेख भए तापनि, वस्तु विवरणमा गलत घोषणा भएको देखिएको छ। उदाहरणका लागि, ठूला साइजका सनग्लासलाई सानो भनेर घोषणा गरिएको छ, र महिला टप्सलाई भेष्ट भनेर विवरण दिइएको छ।

सूत्रका अनुसार यसरी कम मूल्यांकन गरी रिचेक नगरिकन सामान छाड्न खोजिएको छ। यस्ता कार्यले राज्यको करिब १.५ करोड रुपैयाँ बराबरको राजस्व छली हुने देखिन्छ। यस्तै कम्पनीले अर्काे रिचेक परेको सामान केही दिनअघि मात्र ६० लाख जरिवाना तिरेर छुटाएको थियो।

यसरी रातारात सामान चेन्ज गर्ने, विवरण परिवर्तन गर्ने गतिविधि भइरहेकाले भन्सार विभागमा गम्भीर अनियमितता भएको आशंका गरिएको छ। यद्यपि, ६० दिनभन्दा बढी समयसम्म भन्सार यार्डमा रोकिएका सामग्रीहरू कानुनी रूपमा सिज गर्ने व्यवस्था भए पनि विभाग हालसम्म मौन बसेको छ। यस विषयमा स्वतन्त्र छानबिन गरी संलग्नहरूलाई आवश्यक कारवाही गर्नुपर्ने माग उठेको छ।

 


Thali Mobile Pvt.Ltd.