त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार

काठमाडौं, १९ भदौ । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरिएको हो ।

यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिबीच दोहोरो संवादसमेत भएको थियो । उद्धार टोलीले सुरुङभित्र रहेकाहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिँदा भित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो ।

सुरुङभित्र मानिस जीवित रहेको संकेत पाएपछि नेपाली सेनाको उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र पारेको थियो । सांसद न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्यसमेत जारी राखेको छ ।त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार भएपछि उद्धार टोलीले अन्य व्यक्तिको अवस्थाबारे खोजीलाई थप तीव्र बनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.