भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

झोलुङ्गे पुल बाढीले बगाएपछि त्रिशूलीमा निःशुल्क डुङ्गा सञ्चालन

झोलुङ्गे पुल बाढीले बगाएपछि त्रिशूलीमा निःशुल्क डुङ्गा सञ्चालन

धादिङ । गण्डकी गाउँपालिकास्थित धावडीका स्थानीयलाई घण्टौँ हिँडेर पृथ्वी राजमार्ग आउनु पर्ने बाध्यताको अन्त्य भएको छ । धादिङको बेनीघाट रोराङ्ग र गोर्खाको गण्डकी गाउँपालिकाको संयुक्त पहलमा सो क्षेत्रका स्थानीयको सुविधाका लागी नदी वारपारका गर्न डुङ्गा सञ्चालनमा आएसँगै बाध्यताको अन्त्य भएको हो ।

तीन दिनसम्म परेको अविरल वर्षाले त्रिशूली नदीको झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएपछि त्यस क्षेत्रका स्थानीयलाई पृथ्वी राजमार्गसम्म आउन घण्टौँ पैदल हिँड्नु पर्ने बाध्यता थियो । ढुङ्गा सञ्चालन नहुँदा धादिङको चरौंदी बजारस्थित पृथ्वी राजमार्गसम्म आउन धावडीका स्थानीयलाई दुई देखी तीन घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था थियो ।

सो क्षेत्रमा उत्पादन भएको कृषि र पशुजन्य उत्पादन बिक्रीका लागी चरौंदी बजारसम्म ल्याउन र दैनिक उपभोग्य बस्तु लग्न समेत डुङ्गा सञ्चालनमा ल्याएपछि थप सहज भएको भनाई स्थानीयको छ । गोर्खाको गण्डकी गाउँपालिकास्थित घ्या चोक र धावाडिका मानिसहरूको मुख्य बजार नै धादिङको चरौंदी बजार हो । सो क्षेत्रमा करिब तीन हजार चार सय घर परिवार मानिसहरू बसोबास गर्दै आएका छन् ।

नदीमा पानीको सतह बिस्तारै कम भएसँगै विपदमा परेका स्थानीयको सुविधाका लागी त्रिशूली नदीमा डुङ्गा सञ्चालनमा ल्याएको बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले बताए । ढुङ्गा सञ्चालनमा आएपछि तरकारीजन्य उत्पादन बिक्रीका लागी चरौंदी बजारसम्म ल्याउन सहज मात्रै भएको छैन मानिसहरू विरामी पर्दा समेत उपचारका लागी ल्याउन लैजान सहज भएको छ ।