भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौं । खयरघारीबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ ।

बिहान त्रिशुलीमा ट्रक खस्दा तीन जना घाइते भएको धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले बताए । पृथ्वी राजमार्गमा पर्ने रारोङ १० जोगीमारास्थित हुग्दी खोला नजिकैबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनास्थलबाट चालकसहित तीन जनाको उद्धार गरेको उनले बताए । उनका अनुसार नवलपरासीबाट चामल लिएर काठमाडौँतर्फ जाँदै गरको ट्रक नदीमा डुबेको छ ।

दुर्घटनामा ट्रक चालक नवलपरासी पश्चिम घर भएकाका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापा र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङ घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.