भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौं । खयरघारीबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ ।

बिहान त्रिशुलीमा ट्रक खस्दा तीन जना घाइते भएको धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले बताए । पृथ्वी राजमार्गमा पर्ने रारोङ १० जोगीमारास्थित हुग्दी खोला नजिकैबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनास्थलबाट चालकसहित तीन जनाको उद्धार गरेको उनले बताए । उनका अनुसार नवलपरासीबाट चामल लिएर काठमाडौँतर्फ जाँदै गरको ट्रक नदीमा डुबेको छ ।

दुर्घटनामा ट्रक चालक नवलपरासी पश्चिम घर भएकाका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापा र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङ घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.