भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

त्रिविले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय

त्रिविले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय

काठमाडौँ, २६ भाद्र ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

मुलुकभर विद्यमान असामान्य परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले यो समय हिउँदे बिदाबाट कटौती गर्नेगरी बिदा दिएको हो।

विश्वविद्यालय रजिष्ट्रारको कार्यालय, सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्ली थापा क्षेत्रीले हस्ताक्षर गरेको सूचनामा सो कुरा उल्लेख गरिएको छ।

सूचनाअनुसार भदौ २९, ३० र ३१ गते, असोज १, २ र ५ गतेसहित ९ गते बिदा दिइएको छ। यस अवधिमा दशैं, तिहार र छठको बिदा समेत पर्ने भएकोले कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन सञ्चालन हुने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.