भर्खरै : Sorry, your browser does not support inline SVG.
गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो |

रामेछाप कारागारमा भाग्ने प्रयास रोक्न गोली चल्या, ३ कैदीको मृत्यु, १३ जना घाइते

रामेछाप कारागारमा भाग्ने प्रयास रोक्न गोली चल्या, ३ कैदीको मृत्यु, १३ जना घाइते

रामेछाप, २६ भाद्र । जिल्ला कारागार रामेछापमा बिहीबार बिहान कैदीबन्दीहरू भाग्न खोजेपछि गोली चल्दा ३ जनाको मृत्यु भएको छ।

कारागार भित्र रहेका कैदीहरूले जेलको भित्री गेट तोडी बाहिरी गेट तोड्न लागेपछि स्थितिलाई नियन्त्रणमा लिन खटिएको नेपाली सेनाले गोली चलाएको थियो।

गोली लागेर घाइते भएका कैदीमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको रामेछाप अस्पतालले पुष्टि गरेको छ। यस घटनामा थप १३ जना कैदीहरू घाइते भएका छन्। घाइते कैदीहरूलाई जिल्ला अस्पताल रामेछापमा उपचारका लागि पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

गोली चलेको आवाज बिहानै रामेछाप बजारका स्थानीयले सुनेको बताएका छन्। रामेछाप कारागारमा हाल ३३५ जना कैदीबन्दी रहेका छन्। स्थिति नियन्त्रणमा आएको र थप अप्रिय घटना रोकिएको रामेछाप प्रशासनले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.