भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा टुँडिखेलमा संविधान दिवस २०८२ मनाइयो

राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा टुँडिखेलमा संविधान दिवस २०८२ मनाइयो

मुख्य बुँदा

संविधान दिवस २०८२ टुँडिखेलमा विशेष कार्यक्रम

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य, अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति

नेपाली सेनाको आश्वकला प्रदर्शन

प्रधानमन्त्री सुशीला कार्की: युवाहरूको मागको सम्मान, निर्वाचनको कार्यभार पूरा गर्ने प्रतिबद्धता

संविधानको भावना र मर्मअनुरूप काम गर्नुपर्नेमा जोड

नागरिक पनि आफ्ना कर्तव्यप्रति सचेत हुनुपर्ने

काठमाडौँ, ३ असाेज । संविधान तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सो क्रममा नेपाली सेनाले विभिन्न आश्वकला प्रदर्शन गरेका थिए। प्रधानमन्त्री सुशीला कोइरालाले जनताका बदलिएका आवश्यकता र आकांक्षाप्रति राज्य संयन्त्र संवेदनशील हुनुपर्ने बताइन्। उनले समयअनुसार जनताका मागप्रति राज्य गम्भीर संवेदनशील नभएकै कारण युवापुस्ताले आन्दोलन गर्नुपरेको तर्क गरिन्।

जनभावनाको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको भन्दै राज्य संयन्त्रले कमीकमजोरीप्रति आत्मालोचना गर्दै निरन्तर सुधारको बाटोमा लाग्नुपर्ने उनले बताइन्। पछिल्लो आन्दोलनले राज्यका धेरै पक्षको सुधारको माग गरेको भन्दै उनले सबै पक्षका भावना समेटिने गरी काम गर्ने प्रतिबद्धता जनाइन्।

प्रधानमन्त्रीले आफू पदको लोभका कारण नआएको भन्दै युवाहरूको मागलाई दृष्टिगत गरी निर्वाचन गराउने कार्यभार पूरा गर्न आएको उल्लेख गरिन्। संविधानमा परिवर्तनभन्दा यसको भावना र मर्मअनुरूप काम गर्न आवश्यक रहेकोमा जोड दिइन्। उनले राज्यका सबै संयन्त्रसँगै नागरिक पनि आफ्ना कर्तव्यप्रति सचेत हुनुपर्ने बताइन्।

 


Thali Mobile Pvt.Ltd.