भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

इजरायली थप चार जना बन्धकहरू रिहा

इजरायली थप चार जना बन्धकहरू रिहा

एजेन्सी । हमासले थप चार जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ । युद्धविरामको सम्झौता अनुसार प्यालेस्टाइनको विद्रोही समूह हमासले चारजना बन्धकहरुलाई रिहा गरेको हो ।

बन्धकहरूको रिहाइपछि तेल अविवमा खुशीको वातावरण देखिएको छ । रिहा भएका चारै जना महिला हुन् । हमासले चार जनालाई रेडक्रसको जिम्मा लगाएपछि रेडक्रसकै गाडीले उनीहरुलाई इजरायली सीमासम्म पुर्‍याएको थियो । हमासले यसअघि गएको सोमवार तीन जना इजरायली बन्धक रिहा गरेको थियो ।

मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ जना इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ । नेपालका विपिन जोशीको रिहाइको लागि सरकारले निरन्तर पहल गर्दै आइरहेको छ ।

इजरायलले पनि दुई सय जना प्यालेस्टाइनी बन्दी रिहाईको तयारी गरेको छ । जसमध्ये एक सय २० जना जन्मकैदको फैसला भएका व्यक्ति रहेका छन् ।

युद्धविरामको पहिलो चरणमा छ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।

 


Thali Mobile Pvt.Ltd.