भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रदान गरिएको जग्गा अर्थमन्त्रीद्वारा निरीक्षण (भिडियो सहित)

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रदान गरिएको जग्गा अर्थमन्त्रीद्वारा निरीक्षण (भिडियो सहित)

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र निर्माणका लागि भनिएको जग्गा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निरीक्षण गरेका छन् ।

विहीबार उपप्रधान तथा अर्थमन्त्री पौडेलले नेतृत्वको निरिक्षण टोलीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र निर्माणको लागि लिएको चागुनारायण वडा नं ३ को जग्गा निरीक्षण गरेका हुन ।

जग्गा निरिक्षण उप प्रधान तथा शहरि विकासमन्त्री प्रकाशमान सिहं साथमा बागमती प्रदेश सभासदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्री उपप्रमुख रमेश बुढाथोकी, उपत्यका विकास आयुक्त जानुका ढकाल, पूर्व सचिव मणिराम गेलाललगायतले निरीक्षण गरेका हुन ।

निरिक्षण टोलीलाई चाँगुनारायण नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले अस्पताललाई प्रदान गरिएको जग्गाबारे अर्थमन्त्री पौडेलाई व्रिफिङ गरेका थिए ।

भिडियो यहाँ हेर्नुहोस्

 


Thali Mobile Pvt.Ltd.