भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

यूएईमा श्रमिक पठाउन कम्तीमा १४ सय दिराम मासिक तलब अनिवार्य

यूएईमा श्रमिक पठाउन कम्तीमा १४ सय दिराम मासिक तलब अनिवार्य

काठमाडौँ, १३ असार । अबदेखि संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको न्यूनतम तलब कम्तीमा १४ सय दिराम हुनुपर्ने भएको छ। यूएईस्थित नेपाली दूतावासले नयाँ तलब स्केल सार्वजनिक गर्दै तोकिएको भन्दा कम तलबमा मागपत्र प्रमाणीकरण नहुने जनाएको छ।

दूतावासका अनुसार श्रमिक वर्ग अनुसार तलब र खाना खर्च यसप्रकार तोकिएको छ: अदक्ष श्रमिक: मासिक न्यूनतम तलब १००० दिराम + खाना खर्च ४०० दिराम = कुल १४०० दिराम ।

अर्धदक्ष कामदार: मासिक न्यूनतम तलब १२०० दिराम + खाना खर्च ४०० दिराम = कुल १६०० दिराम । दक्ष कामदार: मासिक न्यूनतम तलब १५०० दिराम + खाना खर्च ४०० दिराम = कुल १९०० दिराम ।

उच्च दक्षता भएका श्रमिक: मासिक न्यूनतम तलब ६००० दिराम + खाना खर्च ४०० दिराम = कुल ६४०० दिराम रहेकाे छ ।  यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यूएई जाने नेपाली कामदारको न्यूनतम तलब मासिक १००० दिराम हुनुपर्ने निर्णय गरिसकेका थिए।

 


Thali Mobile Pvt.Ltd.