भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

बारामा करिब ४३ लाखको अवैध सामानसहित ट्रक बरामद

बारामा करिब ४३ लाखको अवैध सामानसहित ट्रक बरामद

बारा,  १३ असार । बारा प्रहरीले सिमरा–वीरगन्ज सडकखण्डमा राजश्व छलीको आशङ्कामा करिब ४३ लाख ३४ हजार रुपैयाँ मूल्य बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी निरीक्षक जङ कार्कीको नेतृत्वमा खटिएको टोलीले बिहीबार साँझ सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा मधेस प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई रोकि जाँच गरेको थियो।

वीरगन्जबाट सिमरा तर्फ आउँदै गरेको उक्त ट्रकमा बिल–बिजकभन्दा बढी सामान फेला परेको छ।प्रहरीका अनुसार ट्रकमा फाइल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत विभिन्न किसिमका खुद्रा सामानहरू लोड गरिएको थियो।

प्रारम्भिक मूल्यांकन अनुसार जफत गरिएको सामानको बजार मूल्य ४३ लाख ३४ हजार ८ सय १० रुपैयाँ रहेको छ।

बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङका अनुसार सामान र ट्रक दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा मा बुझाइएको छ। प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जारी गरेको विज्ञप्तिमा जानकारी समावेश गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.