भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण

काठमाडौं,  २९ चैत । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले देशकाे अर्थतन्त्रलाई गति दिन तत्काल गर्नुपर्ने सुधारात्मक कदमहरू समेटिएको प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरण गरेको छ ।

आर्थिक वर्ष २०७८–७९ देखि आयोगले अध्ययन गरेको अवधिसम्मको तथ्यांक विश्लेषण गर्दा माग पक्ष कमजोर हुँदा आर्थिक वृद्धिदर सुस्त भएको निष्कर्ष प्रतिवेदनमा छ। निजी क्षेत्र, व्यवसायी, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि तथा विज्ञहरूसँगको छलफलमा उपभोग वृद्धिदर बढे पनि लगानीमा कमी आएको, कर्जा वृद्धि सुस्त भएको, घरजग्गा कारोबारमा ह्रास आएको, सहकारीमा बचत फसेको, सरकारी भुक्तानीमा ढिलाइ, व्यापारिक उधारो असुलीमा समस्या र निर्माण क्षेत्रको संकटले अर्थतन्त्र प्रभावित भएको उल्लेख छ।

आयोगले माग पक्षको कमजोरी भए पनि तत्कालीन समस्याको समाधानका लागि माग-केन्द्रित नीतिहरू मात्र पर्याप्त नहुने ठहर गरेको छ। सम्मानजनक आर्थिक वृद्धिका लागि आपूर्ति पक्षमा संरचनात्मक सुधार, लगानीमैत्री वातावरण र उत्पादन लागत घटाएर प्रतिस्पर्धा बढाउनुपर्ने सुझाव दिएको छ।

आयोगका मान्यता
आयोगले सुधार प्रस्ताव तयार गर्दा निम्न मान्यताहरूलाई आधार बनाएको छ:

  • तत्कालीन आर्थिक शिथिलता हटाएर अर्थतन्त्रमा गतिशीलता ल्याउने।
  • आर्थिक अवसरहरू सिर्जना गर्ने।
  • विश्वासमा आधारित प्रणाली निर्माण गर्ने।
    प्राकृतिक स्रोतको दिगो उपयोग गर्ने।
  • सीमारहित अर्थतन्त्र निर्माण गर्ने।
    समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै वृद्धिदर बढाउने।
  • नियन्त्रणमुखी प्रणालीले अवसर सिर्जना गर्न नसक्ने, बरु विश्वासमा आधारित कानुन र प्रक्रियाले व्यक्तिगत र सामुदायिक लाभ हुने।

प्रमुख सुझावहरू

  • कानुनी सुधार: एक दर्जनभन्दा बढी पुराना ऐन खारेज गर्ने, एक दर्जनभन्दा बढी ऐन संशोधन गर्ने र नयाँ कानुन निर्माण गर्ने।
  • संस्थागत सुदृढीकरण: सार्वजनिक निकायहरूको क्षमता र विश्वसनीयता वृद्धि नगरे क्षेत्रगत नीतिहरू प्रभावकारी नहुने भएकाले सुधारमा जोड।
  • आर्थिक क्षेत्र: कृषि, वन, जमिन, खानी, जलस्रोत, पर्यटन र सूचना प्रविधिमा अवरोध हटाएर अवसर विस्तार।
  • पूर्वाधार र विकास: भौतिक पूर्वाधार, शहरी विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र अनुसन्धानमा नीतिगत र कार्यक्रमिक हस्तक्षेप।
  • वैश्विक एकीकरण: भूराजनीतिक सीमालाई तोडेर विश्व अर्थतन्त्रबाट लाभ लिन नवीन दृष्टिकोण र सीमारहित अर्थतन्त्रमा जोड।

सार्वजनिक वित्त र अन्य निकाय
आयोगले सार्वजनिक खर्च पुनरावलोकन आयोग र कर सुधार समितिका सुझावहरू कार्यान्वयन गर्न उपयुक्त ठानेकाले सार्वजनिक वित्तमा सीमित अध्ययन गरेको छ। साथै, सरकारी निकायहरूले बनाएका आवधिक सुधार रणनीतिलाई समर्थन गर्दै थप सुझाव सीमित गरेको छ। प्रत्येक निकायले आफ्नै सुधार योजना बनाई नियमित कार्यान्वयन गर्नुपर्ने आयोगको सुझाव छ।

प्रतिवेदनले अर्थतन्त्रलाई चलायमान बनाउन तत्कालीन र दीर्घकालीन सुधारको खाका प्रस्तुत गरेको छ।

 


Thali Mobile Pvt.Ltd.