भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

तीन संसदीय समितिका बैठक बस्दै, यी हुन् प्रमुख कार्यसूची

तीन संसदीय समितिका बैठक बस्दै, यी हुन् प्रमुख कार्यसूची

काठमाडौं, २९ चैत । सङ्घीय संसद् अन्तर्गत तीनवटा संसदीय समितिका बैठकहरू  बस्दै छन् । कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठकहरूले विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुनेछन् ।

कानुन, न्याय तथा मानव अधिकार समिति

  • समय: बिहान ११ बजे
  • कार्यसूची: चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनामाथि छलफल हुने।
  • विशेष: गृहमन्त्री रमेश लेखक उपस्थित भई जवाफ दिनेछन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति

  • समय: बिहान ११ बजे
  • कार्यसूची: सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल हुने ।

विधायन व्यवस्थापन समिति

  • समय: दिउँसो १ बजे
  • कार्यसूची: पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने ।

यी बैठकहरूले नीतिगत र समसामयिक विषयमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.