भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उद्योगीको पक्षपोषणमा सरकार, बक्यौता नतिर्ने उद्योगीलाई छुट दिने

उद्योगीको पक्षपोषणमा सरकार, बक्यौता नतिर्ने उद्योगीलाई छुट दिने

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनबापतको महसुल बक्यौता तिर्न इन्कार गरिरहेका उद्योगीहरूलाई सरकारले छुट दिने संकेत गरेको छ । ६१ उद्योगलाई ३० महिनाको १३ अर्ब बक्यौता यसअघि नै मिनाहा भइसकेको छ । उल्टै विद्युत् प्राधिकरणलाई धम्क्याइरहेका उद्योगीको पक्षपोषणमा सरकार लागेको सरोकारवालाको भनाइ छ ।

अघिल्लो सरकारले ०७२ माघदेखि ०७५ वैशाखसम्मको महसुल असुल गर्ने निर्णय गरेको थियो । तर, महसुल तिर्नुको सट्टा उल्टै विद्युत् प्राधिकरणलाई धम्क्याउँदै आएका उद्योगीले उन्मुक्ति पाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले डेडिकेटेड फिडर र ट्रंकलाइनको नाममा प्राधिकरणले उद्योगमा पठाएको बिल नै गैरकानुनी भएको अभिव्यक्ति दिएका छन् । प्राधिकरणले उद्योगीलाई तिर्न भनेको बक्यौता रकममा कानुनी आधार नभएको तर्क गरे ।

अर्थमन्त्री पौडेलले यस विषयमा प्रधानमन्त्री केपी ओलीले पनि सरकारको धारणा राखिसकेको बताए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री नबन्दै २७ असारमा पनि उद्योगीहरूले भेटेका थिए । उक्त भेटमा ओलीले विवाद समाधान आयोग (गिरीशचन्द्र लाल नेतृत्वको आयोग)को प्रतिवेदन अक्षरशः पालना हुनुपर्ने बताएका थिए । सोही आयोगको प्रतिवेदनका आधारमा अघिल्लो सरकारले मन्त्रिपरिषद्ले बक्यौता उठाउने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.