भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

एमाले निटक विद्यार्थी सङ्गठन अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि आरआरमा स्ववियु निर्वाचन स्थगित

एमाले निटक विद्यार्थी सङ्गठन अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि आरआरमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु निर्वाचन स्थगित भएको छ । काठमाडौं प्रदर्शनीमार्गस्थित उक्त क्याम्पसमा सम्पूर्ण तयारी सम्पन्न भएको अवस्थामा क्याम्पस प्रवेशद्वारामा तालाबन्दी गरेपछि निर्वाचन स्थिगीत भएको हो ।

सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने क्याम्पसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रतिकुल अवस्था सृजना भएकोले निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख पदमकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै अखिलका सम्बन्धित पदाधिकारीले विज्ञप्ति जारी गरेका छन् ।

सत्तारुढ एमाले निटक विद्यार्थी सङ्गठन अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन स्थिगीत गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.