भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

एमाले भक्तपुर अध्यक्षमा वचन र उपाध्यमा किरण थापा निर्वाचित

एमाले भक्तपुर अध्यक्षमा वचन र उपाध्यमा किरण थापा निर्वाचित image

भक्तपुर । नेकपा एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा पुनः र उपाध्यक्षमा किरण थापा निर्वाचित भएका छन् । ९ औं जिल्ला अधिवेशनबाट देउजा कुल ४९१ मध्ये २९० मत प्राप्त गरि विजयी भएका हुन् । यसअघि पनि देउजा जिल्ला पार्टी अध्यक्ष थिए ।

दुई वटा समुहले प्यानलनै बनाएर उमेदवारी दिएपछि एमालेको भक्तपुर अवस्था कस्तो हो भन्ने देखाइसकेको थियो । आइतवार बिहान तीन बजे मतगणना सम्पन्न भएपछि कमिटिको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापालाई भारी मतले हराउँदै बागमती प्रदेश सभा सदस्य किरण थापा २६२ मतकासाथ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै २७५ मतकासाथ सचिवमा विष्णु तामाङ निर्वाचित भएका छन् । महिला उपसचिवमा उत्तरा नेपाल २१८ मत र पुरुष उपसचिवमा सानुकाजी कायस्थ २५४ मतले निर्वाचित भएका छन् ।

हेर्नुहोस अन्य निर्वाचित सदस्यहरू

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda