भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमाले भक्तपुर अध्यक्षमा वचन र उपाध्यमा किरण थापा निर्वाचित

एमाले भक्तपुर अध्यक्षमा वचन र उपाध्यमा किरण थापा निर्वाचित

भक्तपुर । नेकपा एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा पुनः र उपाध्यक्षमा किरण थापा निर्वाचित भएका छन् । ९ औं जिल्ला अधिवेशनबाट देउजा कुल ४९१ मध्ये २९० मत प्राप्त गरि विजयी भएका हुन् । यसअघि पनि देउजा जिल्ला पार्टी अध्यक्ष थिए ।

दुई वटा समुहले प्यानलनै बनाएर उमेदवारी दिएपछि एमालेको भक्तपुर अवस्था कस्तो हो भन्ने देखाइसकेको थियो । आइतवार बिहान तीन बजे मतगणना सम्पन्न भएपछि कमिटिको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापालाई भारी मतले हराउँदै बागमती प्रदेश सभा सदस्य किरण थापा २६२ मतकासाथ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै २७५ मतकासाथ सचिवमा विष्णु तामाङ निर्वाचित भएका छन् । महिला उपसचिवमा उत्तरा नेपाल २१८ मत र पुरुष उपसचिवमा सानुकाजी कायस्थ २५४ मतले निर्वाचित भएका छन् ।

हेर्नुहोस अन्य निर्वाचित सदस्यहरू

 

 


Thali Mobile Pvt.Ltd.