तीनकुने घटनाको मुख्य दोषी ज्ञानेन्द्र शाह हुन्, उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली

तीनकुने घटनाको मुख्य दोषी ज्ञानेन्द्र शाह हुन्, उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली

काठमाडाैंं, १८ चैत २०८१ । काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको मुख्य जिम्मेवार तत्कालीन राजा ज्ञानेन्द्र शाह भएको ठहर गर्दै उनले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्। सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायराबाट नबच्ने बताए।

प्रधानमन्त्री ओलीले प्रारम्भिक अध्ययनले चैत १५ गतेका घटनाहरूले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णय र त्यसपछि भएको सम्झौता उल्लङ्घन गरेको देखाएको उल्लेख गरे। उनले भने, “ज्ञानेन्द्र शाहले नागरिकको हैसियतमा शान्त जीवन बिताउने, संवैधानिक अधिकार प्रयोग गरी व्यापार-व्यवसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारबाट सुरक्षा प्राप्त गर्ने र नागार्जुन दरबार प्रयोग गर्न पाउने सहमति भएको थियो। तर, उनले यो सम्झौता तोडेका छन्।”

आपराधिक घटनामा संलग्न कसैले उन्मुक्ति पाउँदैन
प्रधानमन्त्री ओलीले थपे, “आपराधिक घटनामा संलग्न जोसुकै होस्, उन्मुक्ति पाउनुहुँदैन। तत्कालीन राजा ज्ञानेन्द्र शाह पनि यसबाट उम्कन पाउँदैनन्।” उनले ज्ञानेन्द्रले फेरि राजा बन्ने सपना देखेर व्यवस्था मास्ने षड्यन्त्र रचेको आरोप लगाउँदै यस्ता शृङ्खलाबद्ध घटनामा उनको धारणा सार्वजनिक गर्नुपर्ने माग गरे। “मानिसलाई मर्न दुरुत्साहन गर्ने ‘जनकमान्डर’, इतिहासले कुनामा फालेको व्यक्ति अभियान संयोजक बन्ने, धनजनको क्षति र लुटपाट गर्ने – यस्तो मनसुवा बोकेको व्यक्ति कसरी चुपचाप बस्न सक्छ?” उनले प्रश्न गरे।

तीनकुने घटना
प्रधानमन्त्रीले चैत १५ गते दुईवटा राजनीतिक कार्यक्रमको जानकारी प्रशासनलाई दिइएको र दुवै शान्तिपूर्ण हुने बताइए पनि तीनकुनेको सभाले हिंसात्मक रूप लिएको खुलासा गरे। “प्रशासनले आयोजकहरूलाई अवाञ्छित घटनाप्रति सचेत गराएको थियो। समाजवादी मोर्चाले प्रदर्शनी मार्गमा शान्तिपूर्ण सभा गरेर उदाहरण प्रस्तुत गर्‍यो, जसका लागि म आयोजकहरूलाई धन्यवाद दिन्छु,” उनले भने।

तर, तीनकुनेमा आयोजकले प्रशासनलाई दिएको जानकारीविपरीत उत्तेजक प्रदर्शन र अराजनीतिक नारा लगाइएको उनको भनाइ छ। “सभा होइन, प्रदर्शनको नेतृत्व गर्ने ‘जनकमान्डर’ले प्रहरीमाथि गाडी चढाउन खोजे। भीड नियन्त्रणको प्रयासविरुद्ध प्रहरीको हतियार खोस्ने, गुण्डागर्दी, लुटपाट र तोडफोड सुरु भयो,” उनले बताए।

हिंसात्मक घटनाको विवरण
प्रधानमन्त्री ओलीका अनुसार, तीनकुने घटनामा निजी घरमा आगजनी, मानिसलाई भित्रै थुनेर जिउँदै जलाउने प्रयास, सार्वजनिक भवन र सवारी साधनमा तोडफोड, औषधि कारखाना र डिपार्टमेण्टल स्टोर लुटिएको थियो। “अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी र विस्फोटक पदार्थ प्रयोग गरियो। प्रहरीका सवारी र दमकलमाथि समेत आक्रमण भयो। यस्ता आततायी कार्य निन्दनीय छन्,” उनले भने।

सरकारको प्रतिबद्धता
प्रधानमन्त्रीले घटनामा संलग्नहरूविरुद्ध कडा कारबाही हुने र विस्तृत विवरण गृहमन्त्रीले सदनमा प्रस्तुत गर्ने जानकारी दिए। “यसका योजनाकार र संलग्नहरू को-को हुन्, सरकारले छानबिन गरिरहेको छ,” उनले भने।

पूर्वराजा ज्ञानेन्द्रका गतिविधिमाथि प्रश्न
प्रधानमन्त्री ओलीले तीनकुने घटनाको पृष्ठभूमिमा एक वर्षदेखि व्यवस्था र संविधानविरुद्ध भ्रम फैलाउने तत्व सक्रिय रहेको बताए। “धर्म, संस्कृति र परम्परालाई विवादमा ल्याएर साम्प्रदायिक सद्भाव बिथोल्ने र ऋण तिर्न नपर्ने भ्रम फैलाएर वित्तीय संस्था ध्वस्त पार्ने प्रयास भइरहेको थियो। यही बीचमा ज्ञानेन्द्र शाहले फागुन ७ गते ‘अघि बढ्ने’ वक्तव्य दिए। फागुन २५ मा ‘स्वागत-सवारी’ र चैत १४ मा हिंसात्मक वारदातका लागि ‘जनकमान्डर’ तोके,” उनले आरोप लगाए।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [68.56 KB]

Mohotsav


Thali Mobile Pvt.Ltd.