भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

इरानको तेल निर्यात प्रतिबन्ध हटाउन माग

इरानको तेल निर्यात प्रतिबन्ध हटाउन माग

मस्कट (ओमान) । अमेरिका र इरानका उच्च अधिकारीहरूबीच ओमानको राजधानी मस्कटमा निर्णायक वार्ता शुरू भएको छ ।ओमानको मध्यस्थतामा भएको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुश्नर र इरानी विदेशमन्त्री अब्बास अराघची सहभागी हुनुहुन्छ ।

वार्ताको मुख्य एजेन्डा इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने र इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू खुकुलो बनाउने विषय रहेको छ । दुवै पक्षबीच लामो समयदेखि जारी तनाव कम गर्ने उद्देश्यले यो वार्ता महत्वपूर्ण मानिएको छ ।

वार्ताको प्रारम्भिक चरणमा इरानले आफ्नो तेल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग अघि सारेको छ । यता, अमेरिकाले इरानले हतियार निर्माणमा गरिरहेको लगानी तत्काल बन्द गर्नुपर्ने अडान लिएको जनाएको छ ।

विश्लेषकहरूका अनुसार वार्ताको नतिजाले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.