भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

इरानको तेल निर्यात प्रतिबन्ध हटाउन माग

इरानको तेल निर्यात प्रतिबन्ध हटाउन माग

मस्कट (ओमान) । अमेरिका र इरानका उच्च अधिकारीहरूबीच ओमानको राजधानी मस्कटमा निर्णायक वार्ता शुरू भएको छ ।ओमानको मध्यस्थतामा भएको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुश्नर र इरानी विदेशमन्त्री अब्बास अराघची सहभागी हुनुहुन्छ ।

वार्ताको मुख्य एजेन्डा इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने र इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू खुकुलो बनाउने विषय रहेको छ । दुवै पक्षबीच लामो समयदेखि जारी तनाव कम गर्ने उद्देश्यले यो वार्ता महत्वपूर्ण मानिएको छ ।

वार्ताको प्रारम्भिक चरणमा इरानले आफ्नो तेल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग अघि सारेको छ । यता, अमेरिकाले इरानले हतियार निर्माणमा गरिरहेको लगानी तत्काल बन्द गर्नुपर्ने अडान लिएको जनाएको छ ।

विश्लेषकहरूका अनुसार वार्ताको नतिजाले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.