भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल

सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल

एजेन्सी । मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटामा ठूलो संख्यामा आप्रवासी प्रवेश गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न युरोपेली सङ्घ (ईयू) ले आपतकालीन बैठकको आह्वान गरेको छ।

बीबीसीका अनुसार स्पेन र अन्य सदस्य राष्ट्रबीच बढ्दो चिन्ताका बीच सेउटामा देखिएको आप्रवासी सङ्कटबारे तत्काल छलफल गर्न ईयूले आपतकालीन बैठक बोलाएको हो।

मोरक्कोबाट करिब ६० हजार आप्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेपछि ईयूका २२ सदस्य राष्ट्रहरूले संयुक्त पत्र जारी गर्दै समन्वयात्मक कदम चाल्न र युरोपेली सङ्घको बाह्य सीमाको सुरक्षा थप सुदृढ बनाउन आग्रह गरेका छन्।

स्पेनी अधिकारीहरूका अनुसार सेउटा पुगेका अधिकांश आप्रवासी फर्किसकेका छन्। यस घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ६७ पुगेको जनाइएको छ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले सेउटाको अवस्था अहिले पूर्ण रूपमा नियन्त्रणमा रहेको बताउँदै सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको जानकारी दिनुभएको छ।

 


Thali Mobile Pvt.Ltd.