भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भागवण्डा मिलाउँनै सकस, सिट बाँडफाँटको अन्तिम रुप दिन बैठक बालुवाटारमा जारी

भागवण्डा मिलाउँनै सकस, सिट बाँडफाँटको अन्तिम रुप दिन बैठक बालुवाटारमा जारी

काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटमा भएको मोटामोटी सहमतिलाई अन्तिम रुप दिन गठबन्धनको बैठक अहिले बसिरहेको छ । गएराति भएको बैठकमा सहमति नजिक पुगेका गठबन्धन दलका नेताहरु त्यसलाई अन्तिम रुप दिन अहिले जुटेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन् । बैठकमा सहभागी नेताहरुका अनुसार निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्र ६, नेकपा (एकीकृत समाजवादी) दुई र जनता समाजवादी पार्टी (जसपा) एक सिट लिने गरी सहमति भएको बुझिएको छ ।

तर, बैठकमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको छ । राष्ट्रिय सभा निर्वाचनमा दलहरुको दाबी रिक्त सिट संख्या भन्दा बढी भएपछि सत्ता गठबन्धनमा भागवण्डा मिलाउन सकस भैरहेको छ ।

निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सिट नदिने सहमति भएको छ । एमालेले राष्ट्रिय सभामा आफुलाई समेत सिट दिन बार्गेनिङ्ग गरिरहेको छ । गठबन्धन दलले भाग नदिने भएपछि एमालेले १९ सिटमा एक्लै उम्मेदवार उठाउने तयारी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.