भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बंगलादेशले उचाल्यो साफ महिला च्याम्पियनसिपको उपाधि

बंगलादेशले उचाल्यो साफ महिला च्याम्पियनसिपको उपाधि

काठमाडौँ । बंगलादेशले साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि उचालेको छ। खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन् बुधवार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।

बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। बंगलादेशले पुनः ८०औँ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउ प्रयास असफल हुँदा नेपाल उपविजेतामै सीमित भएको छ।

पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशका मोनिका चक्माले पहिलो गोल गरिन्। त्यसको ३ मिनेटपछि खेलको ५५औँ मिनेटमा नेपालकी अमिषा कार्कीले गोल फर्काएर बराबरीमा लगेकी थिइन ।

साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अब टोलीको मेहनत अर्को खेल जित्नेगरी हुने समेत बताएका छन् ।

‘साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्नेगरी हुनेछ । धन्यवाद नेपाली टोली’, ओलीले लेखेका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.