भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काभा महिला भलिबलः इरानविरुद्ध भिड्दै नेपाल, भारतले श्रीलंकाको सामना गर्ने

काभा महिला भलिबलः इरानविरुद्ध भिड्दै नेपाल, भारतले श्रीलंकाको सामना गर्ने

काठमाडौं । काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज नेपाल इरानसँग भिड्दैछ । नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो ।

आजको खेल नेपाली टोलीका लागि लिग चरणमा भोगेको हारको बदला लिने अवसर समेत हो । आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्दैछन् । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ ।

तेस्रो जितसँगै भारत १० अंक सहित शीर्षस्थानमा छ भने ९ अंक सहित नेपाल दोस्रो र ७ अंकसहित इरान‌ तेस्रो स्थानमा छ । ४ अंक भएको श्रीलंका चौथो स्थानमा छ भने अंंकबिहिन मालदिभ्स पाँचौ स्थानमा रहँदै लिगबाट बाहिरीएको छ।

 


Thali Mobile Pvt.Ltd.