भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भाटभटेनीको ‘बडा अफर’मा चौतर्फी आलोचना

भाटभटेनीको ‘बडा अफर’मा चौतर्फी आलोचना

काठमाडाैं । भाटभटेनीको ‘बडा अफर’मा चाैतर्फि आलोचना भइरहेकाे छ । एक बोरा चामल किन्दा २ रुपैयाँ छुटको सार्वजनिक गरेकाे अफरकाे चौतर्फी आलोचना भएको हो । एक बोरा चामलमा २ रुपैयाँ छुटको स्किम अहिले सामाजिक संजालमा निकै आलोचना भएको छ ।

भाटभटेनीले छुटको स्किमलाई‘बडा दशैँ, बडा अफर’ भन्दै व्यापक प्रचारबाजी गरिरहेको छ । उक्त स्किमर चर्को प्रचारबाजीले जनता गिज्याउने काम गरेको भन्दै भाटभटेनीको आलोचना भइरहेको हाे ।

३ हजार १ सय ५१ रुपैयाँ पर्ने आरती प्रिमियम चामलको एक बोरा किलोलाई दशैँ अफरमा २ रुपैयाँ छुटसहित ३ हजार १ सय ४९ रुपैयाँमा बेचिरहेको छ । तर, २ रुपैयाँ छुटको स्किमलाई बडा अफर भनेर प्रचारबाजी गरेपछि ग्राहकहरूले भाटभटेनीको चौतर्फी आलोचना गरेकाे बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.