भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

भाटभटेनीको ‘बडा अफर’मा चौतर्फी आलोचना

भाटभटेनीको ‘बडा अफर’मा चौतर्फी आलोचना

काठमाडाैं । भाटभटेनीको ‘बडा अफर’मा चाैतर्फि आलोचना भइरहेकाे छ । एक बोरा चामल किन्दा २ रुपैयाँ छुटको सार्वजनिक गरेकाे अफरकाे चौतर्फी आलोचना भएको हो । एक बोरा चामलमा २ रुपैयाँ छुटको स्किम अहिले सामाजिक संजालमा निकै आलोचना भएको छ ।

भाटभटेनीले छुटको स्किमलाई‘बडा दशैँ, बडा अफर’ भन्दै व्यापक प्रचारबाजी गरिरहेको छ । उक्त स्किमर चर्को प्रचारबाजीले जनता गिज्याउने काम गरेको भन्दै भाटभटेनीको आलोचना भइरहेको हाे ।

३ हजार १ सय ५१ रुपैयाँ पर्ने आरती प्रिमियम चामलको एक बोरा किलोलाई दशैँ अफरमा २ रुपैयाँ छुटसहित ३ हजार १ सय ४९ रुपैयाँमा बेचिरहेको छ । तर, २ रुपैयाँ छुटको स्किमलाई बडा अफर भनेर प्रचारबाजी गरेपछि ग्राहकहरूले भाटभटेनीको चौतर्फी आलोचना गरेकाे बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.