भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

नेपाल बार एसोसिएसनको अध्यक्षमा विजय प्रसाद मिश्रको जित पक्का

नेपाल बार एसोसिएसनको अध्यक्षमा विजय प्रसाद मिश्रको जित पक्का

काठमाडौँ, २६ चैत । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा. डा. विजय प्रसाद मिश्र निर्वाचित हुने निश्चित भएको छ। गन्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि मिश्रको जित पक्का भएको हो । अध्यक्ष पदमा कांग्रेस–एमाले गठबन्धनबाट मिश्र र माओवादी–रास्वपा लगायत दलको गठबन्धनबाट रमन श्रेष्ठ प्रतिस्पर्धामा थिए ।

निर्वाचन समिति स्रोतका अनुसार अब गन्न बाँकी पुनरावेदन अदालत पाटनको करिब १,५५८ र ललितपुर जिल्लाको ५६० गरी जम्मा २,११८ मत छन्। तर, मिश्र श्रेष्ठभन्दा २,२८७ मतले अगाडि छन्। त्यसैले मिश्रको जित सुनिश्चित भएको निर्वाचन समिति स्रोतले जनाएको छ। नेपालका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २०, २०८१ मा देशभर मतदान भएको थियो। मतगणना बार एसोसिएसनको भवनभित्रै भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.