भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

गण्डकी प्रदेशको हिउँदे अधिवेशन समाप्त : लोकल रक्सी ब्राण्डिङसहित १० विधेयक टेबुल, ६ पारित

गण्डकी प्रदेशको हिउँदे अधिवेशन समाप्त : लोकल रक्सी ब्राण्डिङसहित १० विधेयक टेबुल, ६ पारित

पोखरा । गण्डकी प्रदेश सभाको सातौँ हिउँदे अधिवेशन मंगलबार (चैत २७, २०८१) मा समाप्त भएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले यो अधिवेशन अन्त्य गरेका हुन्।

हिउँदे अधिवेशनमा १० नयाँ विधेयक संसदमा ‘टेबुल’ गरिएको छ भने ६ विधेयक पारित भएका छन्। यो अधिवेशनबाट संसदको संशोधित नियमावली पनि पारित भएको छ। संसद सचिव हरिराज पोखरेलका अनुसार अधिवेशनमा १६ बैठक बसेका थिए।

पारित भएका विधेयकमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्ने विधेयक, सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने विधेयक, सामयिक कर असुल गर्ने विधेयक, प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक, र जीवनाशक विषादी व्यवस्थापन विधेयक समावेश छन्।

यसैगरी, सरकारले औद्योगिक व्यवसाय ऐन २०७५ संशोधन विधेयक, विद्युत विकास विधेयक, मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने विधेयक, दलित अधिकार तथा सशक्तीकरण विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार विधेयक, खानी तथा खनिज विधेयक संसदमा पेस गरेको छ।

थप रूपमा, भवन निर्माण तथा बस्ती विकास विधेयक, खाद्य अधिकार तथा खाद्य गुणस्तर विधेयक, जनस्वास्थ्य सेवा विधेयक र घरेलु मदिराको उत्पादनलाई नियमन र ब्राण्डिङ गर्न बनेको विधेयक पनि टेबुल गरिएको छ। यी विधेयक सामान्य छलफलपछि सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको संसद सचिवालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.