भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

गण्डकी प्रदेशको हिउँदे अधिवेशन समाप्त : लोकल रक्सी ब्राण्डिङसहित १० विधेयक टेबुल, ६ पारित

गण्डकी प्रदेशको हिउँदे अधिवेशन समाप्त : लोकल रक्सी ब्राण्डिङसहित १० विधेयक टेबुल, ६ पारित

पोखरा । गण्डकी प्रदेश सभाको सातौँ हिउँदे अधिवेशन मंगलबार (चैत २७, २०८१) मा समाप्त भएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले यो अधिवेशन अन्त्य गरेका हुन्।

हिउँदे अधिवेशनमा १० नयाँ विधेयक संसदमा ‘टेबुल’ गरिएको छ भने ६ विधेयक पारित भएका छन्। यो अधिवेशनबाट संसदको संशोधित नियमावली पनि पारित भएको छ। संसद सचिव हरिराज पोखरेलका अनुसार अधिवेशनमा १६ बैठक बसेका थिए।

पारित भएका विधेयकमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्ने विधेयक, सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने विधेयक, सामयिक कर असुल गर्ने विधेयक, प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक, र जीवनाशक विषादी व्यवस्थापन विधेयक समावेश छन्।

यसैगरी, सरकारले औद्योगिक व्यवसाय ऐन २०७५ संशोधन विधेयक, विद्युत विकास विधेयक, मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने विधेयक, दलित अधिकार तथा सशक्तीकरण विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार विधेयक, खानी तथा खनिज विधेयक संसदमा पेस गरेको छ।

थप रूपमा, भवन निर्माण तथा बस्ती विकास विधेयक, खाद्य अधिकार तथा खाद्य गुणस्तर विधेयक, जनस्वास्थ्य सेवा विधेयक र घरेलु मदिराको उत्पादनलाई नियमन र ब्राण्डिङ गर्न बनेको विधेयक पनि टेबुल गरिएको छ। यी विधेयक सामान्य छलफलपछि सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको संसद सचिवालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.