भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भिलेज हाइल्याण्ड रिसोर्टलाई दक्षिण एसियाली यात्रा अवार्डमा ऐतिहासिक मनोनयन

भिलेज हाइल्याण्ड रिसोर्टलाई दक्षिण एसियाली यात्रा अवार्डमा ऐतिहासिक मनोनयन

काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य र आतिथ्य संस्कृतिको उत्कृष्ट उदाहरण बनेको भिलेज हाइल्याण्ड रिसोर्ट ले यस वर्षको South Asian Travel Awards (SATA) २०२५ मा Hill Station श्रेणीमा मनोनयन प्राप्त गरेको छ। यो केवल एक रिसोर्टको उपलब्धि नभई, नेपालको पर्यटन क्षेत्रकै लागि एक ऐतिहासिक गर्वको क्षण हो ।

भक्तपुरको रानीकोटमा अवस्थित, यो रिसोर्ट हिमालको काखमा बसेको जस्तो लाग्ने, शान्त, सुरम्य वातावरणमा अवस्थित छ। समुद्री सतहदेखि झन्डै २,००० मिटरको उचाइमा रहेको यस स्थानबाट काठमाडौं उपत्यका, लाङटाङ हिमाल र वरपरका हरियाली पहाडहरूको अविस्मरणीय दृश्य देख्न सकिन्छ।

स्थानीय संस्कृति, परम्परा, तथा वातावरणप्रतिको संवेदनशीलतालाई प्राथमिकतामा राख्दै भिलेज हाइल्याण्ड रिसोर्टले ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउँदै आएको छ । रिसोर्टमा बसेका पाहुनाले नजिकैको रानीकोट गढी, बाग भैरव मन्दिर, तथा रमणीय पदयात्रा मार्गहरूको अनुभव लिन सक्नेछन्।

अनलाइन भोटिङमार्फत तपाईंको साथ आवश्यक
यो अवार्ड जित्नका लागि अब सबै नेपाली तथा पर्यटन प्रेमीहरूको समर्थन आवश्यक छ। SATA को आधिकारिक साइटमार्फत अनलाइन भोटिङ खुला गरिएको छ, जहाँ तपाईंले “Hill Station” श्रेणीमा भोट गर्न सक्नुहुन्छ।

 


Thali Mobile Pvt.Ltd.