भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उदयपुरको त्रियुगामा भाइरल ज्वरोको बिरामी बढे

उदयपुरको त्रियुगामा भाइरल ज्वरोको बिरामी बढे

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । अस्पताल प्रशासनका अनुसार पचास शय्या क्षमताको अस्पतालमा दैनिक तीन सय जना भाइरल ज्बरोका बिरामी आउने गरेका छन् ।

पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले राससलाई बताए । ‘बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ’ उनले भने ।

त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट, पुरानो गाइघाट, असारी, मोतिगडा, देउरी, बगाहा, जलजले, राजाबास, चुहाडे, लक्ष्मीपुर, पोर्ताह, खैराहा झोडा, बिषणपुर, खैजनपुर, मोथ्याई, र जोगिदह क्षेत्रमा अहिले ब्यापक भाइरलको प्रकोप फैलिदै गएसँगै प्रत्यक घरमा एक, दुईदेखि सम्पूर्ण परिवारहरूसमेत भाइरलबाट प्रभावित भइरहेका छन् ।

त्रियुगा क्षेत्रमा भाइरलको प्रकोप बढेसंगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल उदयपुरले बताएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.