भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको पद निलम्बन नहुने

सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको पद निलम्बन नहुने

काठमाडौं, २३ जेठ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँगै मुद्दा परेका भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको पद निलम्बन नहुने भएको छ। बिहीबार अख्तियारले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

सार्वजनिक पदमा रहेका व्यक्तिमाथि अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछिको कानूनी प्रावधानअनुसार पद निलम्बनमा पर्ने व्यवस्था छ। यसैअनुसार माधव नेपालको सांसद पद स्वतः निलम्बनमा परिसकेको छ। तर, मेयर वासुदेव थापालाई भने जग्गा जफतको प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको अख्तियारले स्पष्ट पारेको छ। 

थापाले साविक साँगा गाविस ४ (ख) को कित्ता नम्बर ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजारमा खरिद गरेको बयान दिएका थिए। उनले त्यो जग्गा पतञ्जलीसँग सम्बन्धित भएको आफूलाई जानकारी नभएको र कानुनी प्रक्रिया पूरा गरी खरिद गरेको बताएका छन्।

यस प्रकरणमा प्रमुख थापासहित २८ जना व्यक्ति र २ कम्पनीलाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। बाँकी ६३ जनालाई भने बिगो, कैद, र जरिवाना मागदाबी सहितका प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.