भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भोटो जात्राः काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

भोटो जात्राः काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो देखाउने साइत जुरेको हो । आज दिउँसो देखाइने भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट ब्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।

१ हजार ३ सय वर्षअघि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवम् थटीटोलबाट जावलाखेल रथ तान्ने साइत हेर्ने समूहका सदस्य कीर्तिमदन जोशीले जानकारी दिए । यो जात्रा अवलोकन गर्न हजारौं सर्वसाधारण जाउलाखेलमा जम्मा हुने गर्दछन् ।प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ ।

भोटोजात्रा सकिएपछि शुक्रबार मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहाल पुर्याइन्छ । उपत्यककाको सबैभन्दा लामो जात्राका रुपमा परिचित मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर झण्डै दुई महिनासम्म सञ्चालन हुने गर्दछ। सरकारले काठमाडौं उपत्यकामा सार्वजानिक बिदा दिएको छ।

 


Thali Mobile Pvt.Ltd.