भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

समानूपातिक प्रणालीलाई खारेज गर्ने षडयन्त्रमा कांग्रेस–एमाले

समानूपातिक प्रणालीलाई खारेज गर्ने षडयन्त्रमा कांग्रेस–एमाले

काठमाडौं । कांग्रेस–एमाले मिलेर समानूपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षडयन्त्र गरेको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् ।

काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले समावेशीतालाई अन्त्य गर्नका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताएका हुन् । नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलव्धी समावेशीता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गरे ।

यादवले संघीयता, समावेशीका कारण नभई दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थीरता उत्पन्न भएको धारणा राखे । समावेशीसहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थीरता खोज्न नहुनेमा जोड दिए । यसअघि पद र पैसाको लोभमा माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएको आरोप लगाए ।

 


Thali Mobile Pvt.Ltd.