भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भिजिट भिसा श्रम मन्त्रालयको सरोकार होइन : विभागीय महानिर्देशक भट्टराई

भिजिट भिसा श्रम मन्त्रालयको सरोकार होइन : विभागीय महानिर्देशक भट्टराई

काठमाडौं, ९ जेठ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले भिजिट भिसामा विदेश जाने व्यक्तिहरू श्रम मन्त्रालयको जिम्मेवारीभित्र नपर्ने स्पष्ट पारेका छन्। शुक्रबार मन्त्रालय परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भिजिट भिसा अध्यागमनको अधिकार क्षेत्रभित्र पर्ने हुँदा श्रम मन्त्रालय तथा मातहतका निकायहरूको यसमा कुनै संलग्नता नरहेको बताए।

महानिर्देशक भट्टराईले भने, “भिजिट भिसा लिएर विदेश जानेहरू श्रम मन्त्रालयसँग सम्बन्धित हुँदैनन्। हाम्रो कार्यक्षेत्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूसँग मात्र सीमित छ।”

उनका अनुसार, विभागले हाल श्रमिकहरूलाई श्रम स्वीकृति प्रक्रियामा सहजता पुर्‍याउनेतर्फ प्राथमिकता दिइरहेको छ। उनले भने, “अब श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन स्वीकृति दिने व्यवस्था गरिएको छ। यसले दलालहरूको सञ्जाल तोड्न मद्दत गर्नेछ।”

कोरियामा रोजगारीका लागि जाने विषयमा पनि स्पष्ट पारेका भट्टराईले E-9 र E-7 भिसाबीच फरक हुने जनाए। उनका अनुसार E-9 भिसा कोरियाको श्रम मन्त्रालयमार्फत जारी हुने श्रमिक वर्गको हो भने E-7 भिसा कोरियाको न्याय मन्त्रालयद्वारा जारी गरिने प्राविधिक श्रमिक भिसा हो।

उनले थपे, “दुवै प्रकारका भिसा फरक–फरक प्रकृतिका भए पनि कोरिया जान अवसर अझै विस्तार भएको छ। भर्खरै कोरियाली प्रतिनिधिमण्डलसँग गम्भीर छलफल पनि भएको छ।”

महानिर्देशक भट्टराईले वैदेशिक रोजगार प्रणालीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सुधारका थुप्रै कामहरू भइरहेको उल्लेख गर्दै सबैलाई परिवर्तनको अनुभूति हुने विश्वास व्यक्त गरे।

 


Thali Mobile Pvt.Ltd.