भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

राजधानीमा दुई समूहबीच झडप हुदा एकको मृत्यु, ६ जना घाइते

राजधानीमा दुई समूहबीच झडप हुदा एकको मृत्यु, ६ जना घाइते

काठमाडौं । काठमाडौंमा दुई समूहबीच झडप हुँदा एक युवाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । काठमाडौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्लीमा भएको झडपमा वर्ष ३३ का अनित पुजारीको ज्यान गएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

स्थानीय सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी र अमृत पुजारी घाइते भएका छन् ।छिमेकी–छिमेकीबीच विवाद हुँदा घटना भएको हो । धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका अनितको मृत्यु भएको हो ।

घाइतेको शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.