भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वास्थ्य मन्त्रालयको चेतावनी, दर्ता नभएका औषधी बिक्री वितरण गरे कारबाही हुने

स्वास्थ्य मन्त्रालयको चेतावनी, दर्ता नभएका औषधी बिक्री वितरण गरे कारबाही हुने

काठमाण्डौ । स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कारबाही हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिएको हो ।

मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई ऐन बमोजिम कार्य गर्न तथा गलत तथा भ्रामक विज्ञापन प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थालाई कानून बमोजिम कारबाही गर्न सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

मन्त्रालयले अवैध र गलत अभ्यास नगर्न सचेत पनि गराएको छ । जनस्वास्थ्य सेवा ऐन–२०७५ दफा ४५ (२) मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखेर विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

अनुमति नदिएका उत्पादनको जफत र कारबाहीको काम नियमित रूपमा हुँदै आएको र कहीँकतै त्यस्तो भेटिएमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा मन्त्रालयको वेबसाइट तथा इमेलमा पनि गुनासो गर्न सकिने व्यवस्था मिलाएको छ ।

नियामक निकायमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटहरू ट्याबलेट, क्याप्सुल, झोलहरु न्युट्रास्युटिकल्सका नाममा औषधि पसलबाट बिक्री वितरण तथा विज्ञापनका रुपमा प्रचारप्रसार गर्न नपाइने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.