भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

भक्तपुर नगरपालिकाद्वारा जुद्ध वारुण यन्त्र कार्यालयलाई बारुण यन्त्रमा जडान गर्ने सामाग्रीहरु हस्तानतरण

भक्तपुर नगरपालिकाद्वारा जुद्ध वारुण यन्त्र कार्यालयलाई बारुण यन्त्रमा जडान गर्ने सामाग्रीहरु हस्तानतरण image

भक्तपुर । भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ स्थित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई बारुण यन्त्रमा जडान गर्ने 1.5’’/4’’ Hose pipe (pipe/Roll/Pcs 30 miter) – 4 (चार) थान अग्नी नियन्त्रण सामाग्रीहरु हस्तान्तरण गरियो

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख अनिल सुवेदीमार्फत हतान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विपदका विभिन्न घटनामध्ये आगलागी पनि गम्भीर र चुनौतीपूर्ण भएको हुँदा सम्भावित दुर्घटनालाई समयमै नियन्त्रणमा ल्याउन सके ठूलो क्षति हुनबाट जोगिने बताउनुभयो ।

उहाँले अग्नी नियन्त्रण सामाग्रीहरु हस्तान्तरणले विपद्का समयमा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाइ मानवीय एवम् भौतिक क्षति रोक्न मद्दत मिल्ने अपेक्षा रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले दमकलको सही व्यवस्थापन र उपयोग महत्वपूर्ण पक्ष भएको बताउँदै साधन भएर पनि यथोचित व्यवस्थापन र दृढ समर्पित जनशक्ति अभावले अकल्पनीय नियति भोग्नुपर्ने अवस्था सिर्जना हुनेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख अनिल सुवेदीले दमकल आकस्मिक आगलागीका घटनामा प्रयोग गरिने संवेशनशील यन्त्र भएको बताउँदै घटनास्थलमा समयमै दमकल पुर्याउन सके ठूलो क्षति रोक्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिका विपद् व्यवस्थापन समितिका पदाधिकारी र भक्तपुर नपाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.