भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

भक्तपुर नगरपालिकाद्वारा जुद्ध वारुण यन्त्र कार्यालयलाई बारुण यन्त्रमा जडान गर्ने सामाग्रीहरु हस्तानतरण

भक्तपुर नगरपालिकाद्वारा जुद्ध वारुण यन्त्र कार्यालयलाई बारुण यन्त्रमा जडान गर्ने सामाग्रीहरु हस्तानतरण

भक्तपुर । भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ स्थित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई बारुण यन्त्रमा जडान गर्ने 1.5’’/4’’ Hose pipe (pipe/Roll/Pcs 30 miter) – 4 (चार) थान अग्नी नियन्त्रण सामाग्रीहरु हस्तान्तरण गरियो

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख अनिल सुवेदीमार्फत हतान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विपदका विभिन्न घटनामध्ये आगलागी पनि गम्भीर र चुनौतीपूर्ण भएको हुँदा सम्भावित दुर्घटनालाई समयमै नियन्त्रणमा ल्याउन सके ठूलो क्षति हुनबाट जोगिने बताउनुभयो ।

उहाँले अग्नी नियन्त्रण सामाग्रीहरु हस्तान्तरणले विपद्का समयमा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाइ मानवीय एवम् भौतिक क्षति रोक्न मद्दत मिल्ने अपेक्षा रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले दमकलको सही व्यवस्थापन र उपयोग महत्वपूर्ण पक्ष भएको बताउँदै साधन भएर पनि यथोचित व्यवस्थापन र दृढ समर्पित जनशक्ति अभावले अकल्पनीय नियति भोग्नुपर्ने अवस्था सिर्जना हुनेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख अनिल सुवेदीले दमकल आकस्मिक आगलागीका घटनामा प्रयोग गरिने संवेशनशील यन्त्र भएको बताउँदै घटनास्थलमा समयमै दमकल पुर्याउन सके ठूलो क्षति रोक्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिका विपद् व्यवस्थापन समितिका पदाधिकारी र भक्तपुर नपाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.