भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौैं । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधरणतया बदली रहनेछ ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज राति कोशी प्रदेशको केही ठाउँ तथा बाँकी प्रदेशका पहाडी भागका थोरै ठाउँ र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.