भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

आगामी चार दिन वर्षाको सम्भावना, धान नकाट्न आग्रह

आगामी चार दिन वर्षाको सम्भावना, धान नकाट्न आग्रह

काठमाडौँ । आगामी चार दिन मनसुन सक्रिय रहने भएकाले देशभर अति भारीसम्म वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । मौसम विभागका अनुसार बाली भित्र्याउने समय भए पनि तत्कालै खेतबारीमा प्रवेश गर्ने अवस्था नरहेकाले सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

मौसमविद् रोजन लामिछानेले अब कम्तिमा पनि चार दिन देशैभर वर्षा हुने भएकाले सचेत रहन अनुरोध गरे । मौसमविद्हरुले बंगालको खाडीबाट वर्षा गराउने वायू नेपालतर्फ प्रवेश गरेकाले मनसुन सक्रिय भएको बताएका छन् । बाढी पहिरोको जोखिम उत्तिकै रहेको र कृषि क्षेत्रलाई धेरै असर गर्ने देखिएको उनले बताए ।

“बदली र वर्षाको सम्भावना धेरै देखिन्छ । पश्चिमतिरबाट सुधार हुने देखिन्छ,” उनले भने, “धान भित्र्याउने बेला भएको छ । अहिले खेतमा प्रवेश गर्ने समय होइन ।”

विगतका वर्षहरुको तुलना गर्दा अक्टोबरको दोस्रो सातासम्म बाहिरिन्छ कि भन्ने अनुमान गरिए पनि त्यो सम्भावना नदेखिएको मौसमविदहरुको टिप्पणी छ । अहिले देशभर वर्षाको सम्भावना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.