भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आगामी चार दिन वर्षाको सम्भावना, धान नकाट्न आग्रह

आगामी चार दिन वर्षाको सम्भावना, धान नकाट्न आग्रह

काठमाडौँ । आगामी चार दिन मनसुन सक्रिय रहने भएकाले देशभर अति भारीसम्म वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । मौसम विभागका अनुसार बाली भित्र्याउने समय भए पनि तत्कालै खेतबारीमा प्रवेश गर्ने अवस्था नरहेकाले सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

मौसमविद् रोजन लामिछानेले अब कम्तिमा पनि चार दिन देशैभर वर्षा हुने भएकाले सचेत रहन अनुरोध गरे । मौसमविद्हरुले बंगालको खाडीबाट वर्षा गराउने वायू नेपालतर्फ प्रवेश गरेकाले मनसुन सक्रिय भएको बताएका छन् । बाढी पहिरोको जोखिम उत्तिकै रहेको र कृषि क्षेत्रलाई धेरै असर गर्ने देखिएको उनले बताए ।

“बदली र वर्षाको सम्भावना धेरै देखिन्छ । पश्चिमतिरबाट सुधार हुने देखिन्छ,” उनले भने, “धान भित्र्याउने बेला भएको छ । अहिले खेतमा प्रवेश गर्ने समय होइन ।”

विगतका वर्षहरुको तुलना गर्दा अक्टोबरको दोस्रो सातासम्म बाहिरिन्छ कि भन्ने अनुमान गरिए पनि त्यो सम्भावना नदेखिएको मौसमविदहरुको टिप्पणी छ । अहिले देशभर वर्षाको सम्भावना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.