भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

आउँदो बुधबारसम्म रातिको समयमा मुसलधारे वर्षाको सम्भावना

आउँदो बुधबारसम्म रातिको समयमा मुसलधारे वर्षाको सम्भावना

भक्तपुर । आगामी केही दिन रातिको समयमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । गएराति काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको थियो । आउँदो बुधबारसम्म नै विभिन्न ठाउँमा राति मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।

आज र भोलि पूर्वी र मध्य तथा मंगलवार र बुधवार पश्चिमी क्षेत्रमा मुसलधारे वर्षाको सम्भावना धेरै रहेको उनले बताइन् । अहिले मनसुन न्यूनचापीय रेखा सरदर स्थान आसपासमै रहे पनि मनसुनी गतिविधि भने थप सक्रिय बन्ने देखिएको मौसमविद् महर्जनले बताइन् ।

आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ । यसैबीच सिन्धुपाल्चोकमा पछिल्लो १२ घण्टामा धेरै वर्षा भएकोले मेलम्ची, इन्द्रावती लगायत आसपासमा नदी तटीय क्षेत्रमा दिउँसोसम्म नै सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.