भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

गाजा शहर छोड्न इजरायली सेनाको आग्रह, राष्ट्रसङ्घले प्रकोपको चेतावनी

गाजा शहर छोड्न इजरायली सेनाको आग्रह, राष्ट्रसङ्घले प्रकोपको चेतावनी

एजेन्सी, २२ भाद्र । इजरायली सेनाले गाजा शहरका बासिन्दालाई योजनाबद्ध आक्रमणअघि आफ्नो बस्ती छोड्न निर्देशन दिएको छ।

आक्रमणका लागि निश्चित समयसीमा तोकिएको छैन तर छिट्टै सैन्य कारबाही गर्ने तयारी गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। इजरायली सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत् मानवीय क्षेत्रबाट तत्काल सर्न आग्रह गरेका छन्।

द्वन्द्व अन्त्य गर्न बढ्दो अन्तर्राष्ट्रिय दबाबका बाबजुद इजरायली सेनाले गाजा शहर वरपर आफ्नो कारबाही तीव्र पारेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार गाजा शहर र वरपर झन्डै १० लाख मानिस बसोबास गर्छन्। गएको महिना इजरायलले उक्त क्षेत्रमा अनिकाल घोषणा गरेको थियो।

राष्ट्रसङ्घले यदि आक्रमण निरन्तर रह्यो भने यसले ठूलो मानवीय प्रकोप निम्त्याउने चेतावनी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.