भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

पश्चिमी र स्थानीय वायुको असर: पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी र स्थानीय वायुको असर: पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मौसमी प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका विभिन्न भू–भागमा मौसम परिवर्तनशील बनेको छ। पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराईका धेरै भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार बुधबार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही जिल्लामा भारी वर्षा समेत भएको थियो। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। यस्तै, मधेस प्रदेशसहित बागमती र गण्डकीका तराई भू–भाग तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका केही भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा, साथै मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी–हिमाली क्षेत्रहरूमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन रहने सम्भावना समेत रहेको विभागले जनाएको छ। यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ। मधेससहित बागमती र गण्डकीका तराई तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका धेरै स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.