भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

नेपाललाई ग्रे लिस्टबाट निकाल्न हरसम्भव प्रयास हुन्छ : अर्थमन्त्री वाग्ले

नेपाललाई ग्रे लिस्टबाट निकाल्न हरसम्भव प्रयास हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं, ६ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) को इन्टरनेसनल को–अपरेसन रिभ्यु ग्रुपको कार्ययोजनासम्बन्धी छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सम्पूर्ण सामर्थ्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने सरकारको लक्ष्य रहेको बताए । उनले हालको अवस्था पछिल्लो तीन दशकको कुशासनको परिणाम भएको उल्लेख गर्दै नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका सुधार नागरिकले महसुस गर्न थालेको दाबी गरे ।

“नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिर ल्याउन तत्काल र नियमित रूपमा गर्नुपर्ने कामहरू सम्बन्धित सरकारी निकायले अघि बढाइरहेका छन्,” उनले भने, “यसको निरन्तर मूल्याङ्कन पनि भइरहेको छ ।” कार्यक्रममा एपीजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको बताएका थिए ।

छलफलमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंकलगायत निकायका अधिकारीहरूको सहभागिता रहेको थियो । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले २०८१ फागुन ९ गते नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो ।

 


Thali Mobile Pvt.Ltd.