भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोशी प्रदेशसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

कोशी प्रदेशसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, २६ जेठ । देशको मौसमी पूर्वानुमान अनुसार कोशी प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा भने मुख्यतः सफा देखिई आंशिक बदलीको अवस्था रहने मौसमविद्हरूले जनाएका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेशका थोरै स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको पनि सम्भावना रहेको जनाइएको छ। आज रातिको लागि पनि मौसम बदली रहने पूर्वानुमान गरिएको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

यस्ता मौसमीय परिस्थितिमा पहाडी तथा हिमाली क्षेत्रका यात्रुहरू, कृषकहरू तथा स्थानीय बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.