भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

फिलिपिन्समा आँधी ‘कलमेगी’ को असर, दशौँ हजार नागरिक सुरक्षित स्थानमा सारिए

फिलिपिन्समा आँधी ‘कलमेगी’ को असर, दशौँ हजार नागरिक सुरक्षित स्थानमा सारिए

एजेन्सी, कार्तिक १८ । फिलिपिन्सको पूर्वी र मध्य भागमा आएको शक्तिशाली आँधी ‘कलमेगी’ का कारण सोमवारदेखि दशौँ हजार नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

प्रशान्त महासागरबाट तीव्र गतिमा अघि बढिरहेको यस आँधीले तटीय क्षेत्रका जनजीवनमा ठुलो असर पुर्‍याएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। तटीय क्षेत्रमा माछा मार्ने कार्य रोकिएको छ भने अधिकारीहरूले ठूलो वर्षा र झन्डै तीन मिटर (१० फिट) उचाइका घातक ज्वारभाटा आउन सक्ने चेतावनी दिएका छन्।

फिलिपिन्स मौसम विभागका अनुसार, स्थानीय रूपमा ‘टिनो’ भनिने ‘कलमेगी’ सोमवार बिहान पूर्वी समर प्रान्तको गुइआन शहरबाट करिब दुई सय ३५ किलोमिटर पूर्वमा थियो।

यस आँधीले एक सय २० किलोमिटर प्रतिघण्टा स्थायी र एक सय ५० किलोमिटर प्रतिघण्टासम्मका तीव्र हावा बहाइरहेको जनाइएको छ। पश्चिमतर्फ सर्दै गर्दा यसले सेबू लगायतका केन्द्रीय टापु प्रान्तहरूमा प्रभाव पार्ने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.